पोखराको होटलमा मृत फेला

पोखरा, १७ बैशाख /पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अगाडीको एक होटलमा एक महिला मृत फेला परेकी छन् ।

स्याङजाको वालीङ नगरपालिका ५ बस्ने ६२ बर्षिय मिना खड्का मृत फेला परेकी हुन् ।

पोखरा महानगरपालिका १० रामघाट स्थित पश्चिम क्षेत्रीय अस्पताल अगाडी होटलको कोठामा बसेकीमा बिहान होटलको साहुले कोठामा गई हेर्दा खाट भन्दा तल भुईमा निज मृत देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरी रहेको बताको छ ।

कमेन्टहरु
Loading...