पोखराको सेती नदीमा कायाकिङ पल्टिदा एकजनाको मृत्यु

पोखरा, १३ मंसिर / पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा पल्टिएर विदेशी पर्यटकको मृत्यु भएको छ ।

लामाचौर स्थित नदीको खोंचमा कायाकिङ गर्दा अष्ट्रेलियन नागरिक २३ बर्षिया क्यासिन्ड्रा इसाइज एमारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कायाकिङको क्रममा घाईते भएपछि उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...