श्रीमतीको हत्या गर्ने पोखराबाट पक्राउ

पोखरा, ११ कात्तिक / श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पोखराबाट पक्राउ परेका छन् । खोटाङको बराह पोखरी ६ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

उनले गत १२ भदौमा बसुन्धरास्थित एक गेष्ट हाउसको कोठामा उनकी श्रीमती १८ वर्षीय लक्ष्मी परियारको हत्या गरेका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरीको विशेष टोलीले परिवारलाई शनिबार पोखराबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले गेष्ट हाउसमा लगेर श्रीमतीका घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...