भूकम्प पछि नेपालमा रेमिट्यान्स बढायो

काठमाडौं, ३ वैशाख /भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २० दशमलव ९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त भए पनि नेपालमा भने आकार्सिको हो। आज अन्नपूर्ण पोस्टमा समाचार छ।
दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा अधिक मात्रामा रेमिट्यान्स आप्रवाह बढ्नुमा भूकम्पलाई प्रमुख कारण मानिएको छ। यसैगरी छिमेकी भारत विश्वमै सवैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको छ। विश्व बैँकले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सन् २०१४ को तुलनामा २०१५ मा रेमिट्यान्स आप्रवाह २०।९ प्रतिशतले बढेको हो।

यस्तो बृद्धिदर २०१४ मा ३।२ प्रतिशतमात्र थियो। विश्व बैँकका अनुसार गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि विदेशमा रहेका आफन्तले औसत अवस्थामा भन्दा निकै बढी मात्रामा घरमा पैसा पठाए। भूकम्पपछि परिवारमा भेटघाट गर्न विदेशबाट नेपाल आउनेको संख्या पाँच गुणाले बढ्यो। भूकम्पपछिका केही महनिासम्म दैनिक औसतमा चार हजारजना विदेशबाट आफ्नो घरमा फर्किएका थिए। यसरी फर्किएकाले प्रशस्त पैसा समेत ल्याएका थिए।

कमेन्टहरु
Loading...