पोखरा उवासंघको चुनावमा दुई प्यानल (कुन प्यानलबाट को उम्मेदवार )

पोखरा, १५ भदौ /पोखराको पुरानो संस्था पोखरा उद्योग बाणिज्य संघमा यती बेला चुनावी चटारो छ । अघिल्लो

बर्षसम्म पनि आफुँलाई मन परेको प्यानलबाट चुनावमा प्रतिश्पर्धा गरेकाहरु थुप्रै थिए । तर यसपालि प्यानल नै

राजनीतिक हिसावले अघि बढेको छ । काँग्रेस र कम्युनिष्टको छुट्टाछुट्टै प्यानल घोषणा गर्ने चुनाबी तयारी

भैरहेको छ । रवीन्द्रबहादुर प्रजुले काँग्रेसतर्फको प्यानललाई हाँक्दैछन् भने दामु अधिकारीले कम्युनिष्ट

प्यानलको नेतृत्व गरेका छन् । प्रजू प्यानलबाट काँग्रेसको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षमा नारायण

कोइरालाले उमेद्वार बनेका छन् । उनको प्रतिस्पर्धी बन्न नेकपाको प्रतिनिधित्व गर्दै यदु अधिकारीको उमेद्वारी

सार्वजनीक भएको छ ।

दामु अधिकारी प्यानल
दामु अधिकारी प्यानल

उद्योगतर्फको उपाध्यक्षमा रवीन्द्र प्यालबाट विन्दु कोइराला सुवेदीले उमेद्वार बनेकी छन् भने दामु प्यानलबाट

प्रतिश्पर्धीको रुपमा गीता तिवारी अघि सरेकी छिन् । वाणिज्य उपाध्यक्षमा रवीन्द्र प्यानलबाट पवन प्रजापती र

दामु प्यानलबाट देवकृष्ण काफ्ले उम्मेदवारीको नाम सार्वजनीक भएको छ ।

महासचिवमा रवीन्द्र प्यालनबाट हालका उपमहासचिब अर्जुन पोख्रेल र दामु प्यालनबाट किसान सुनार

प्रतिश्पर्धा गर्दैछन् । कोषाध्यक्षमा रवीन्द्र प्यानलबाट सुरेन्द्रमान विजुक्छे र दामु प्यानलबाट प्रेम भुजेलले

दावेदारी दिएका छन् । उपमहासचिवमा रवीन्द्र प्यानलबाट चिनु गुरुङ र दामु प्यानलबाट सीता बरालबीच

रवीन्द्रबहादुर प्रजु प्यानल
रवीन्द्रबहादुर प्रजु प्यानल

प्रतिश्पर्धा हुनेछ । गत महाधिवेशनमा जस्तै यस पटक पनि संशोधित विधान अनुसार संघको नयाँ

कार्यसमितिका लागि निर्वाचन हुँदैछ । ३० औं अधिवेशनसम्म अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको

संघमा ३१ औं महाविधेशनबाट सबै पदमा खुल्ला प्रतिस्पर्धा सुरु भएको हो । वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको

उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती

सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निवार्चित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निवार्चित हुनुपर्नेछ

। १ जना औद्योगिक सदस्य निवार्चित हुनेछन् भने १० जना सदस्य खुला निवार्चित हुनेछन् । ४ सदस्य

अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

संघमा ३ हजार ३ सय ७७ जना मतदाता छन् । साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८

जना, औद्योगिक सदस्य १ सय १० जना र बस्तुगत सदस्य २८ जना छन् । पदाधीकारीको दुबै प्यानले टुङगो

लगाए पनि सदस्यको भने टुङगो लागेको छैन ।

कमेन्टहरु
Loading...