पुष्पा मृत्यु प्रकरणः टाउको, फोक्सो र छातीमा चोट

सागर राज तिमिल्सना

पोखरा, ९ भदौ /पोखरा १९ लामाचौरकी एक बालिकाको रहस्यमय मृत्यु भएको छ । पोखरा महानगरपालिका

वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको मृत्यु रहस्यमय भएको हो । बिहीबार देखी बेपत्ता भएकी

केसीको शुक्रबार साँझ शव भेटिएको थियो । उनको शव लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको

डिलमुनी झाँडीमा भेटिएको हो ।

उनको शव भएको स्थानबाट करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएको पुष्पाका काका ध्रुर्व केसीले बताए ।

शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको पोष्टमार्टबाट पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती,

फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाचिएको देखीको छ । पोष्टमार्टको पुर्ण विवरण भने आइतबार

मात्रै आउने अस्पतालले जनाएको छ । पहिलो चरणको पोष्टमार्टको रिपोर्टबाट पुष्पाको मृत्यु चोटपटकबाट भएको

देखिएको उनका एक आफ्न्तले बताए ।

उनले अर्को रिपोर्ट आए पछि अझ धेरै कुरा थाहा हुने बताए । उनले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिए

पनि पोष्टमार्टमका क्रममा चोट देखीएको थियो । कास्कीका प्रहरी प्रमुख ओम रानाले हत्या वा लडेर मृत्यु के

भएको हो यसै भन्न नसकिने बताए । स्थानीयले बलत्कार पछि हत्या भएको बताए पोष्टमार्टमामा बलत्कार गरेको

नदिएको अस्पतालको भनाई छ । विन्ध्यवासीनि माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा बिहीबार साढे ५ बजे

विद्यालयको बसबाट घर भन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् ।

साझँ सम्म घरमा नआए पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको झोला

भने केही पर चौतारोमा भएटिएको थियो । पुष्पाका बुबा नृतेन्द्र केसी गण्डकी बोर्डिङ स्कुल लामाचौर

सुरक्षागार्डको काम गर्दै आएका छन् । उनी नेपाल प्रहरीका भूतपूव हवल्दार हुन् । विद्यालयले घटना दुःखद

भएको भन्दै घटनाको सत्य, तथ्य यथाशिघ्र छानबिन गरी वास्तविकता पत्ता लगाउने माग गरेका छन् ।

कमेन्टहरु
Loading...