पोखराको लेकसाइडमा प्रहरीको छापा, करिब ८० जना नेपाली र विदेशी पक्राउ

पोखरा, ११ चैत /पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले करिब ८० जना नेपाली र विदेशीलाई पक्राउ गरेको छ ।

पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा टान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको हो। प्रहरीले द अफिस रेष्टुरेण्टबाट गाजा, चरेस लगाएतका लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई बैदाम चौकीमा राखीएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथी छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्देशलाई छाडि दिने प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...