पोखराबाट काठमाडौ जादै गरेको माइक्रोबस तनहुँमा दुर्घटना

पोखरा, ३० भदौ / तनहुँको व्यास नगरपालिका १ मुसेखोला स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको ग१ ख ४०४४ नम्बरको माइक्रो र विपरीत दिशाबाट आँउदै गरेको ग२च ५७४२ नम्बरको जीप दुर्घटना भएका छन् ।

दुर्घटनामा परी माइक्रोमा सवार १५ जना घाइते भएका छन् । उनीहरुको ब्यास हस्पिटल दमौली उपचार भएको छ । तत्कालै प्रहरी टोलि खटिई जिप र जीप चालकलाई नियन्त्रणमालिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि तनहुँ आबुखैरेनी गाउँपालिका २ ऐक्लेफाँट स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु १ ख ४४७३ नम्बरको ट्रक अनियन्त्रीत भई सडकबाट खसेको छ । अंन्दाजी १० मिटर तल खेतमा खस्न जाँदा ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका २९ का २७ बर्षिय सुरेश बल घाइते भएका छन् ।

त्यसै गरी गोरखाको पालुङटार नगरपालिका ३ मैवल स्थित ठाँटीपोखरी हर्मी सडक खण्डमा आँपपिपलबाट ठाँटीपोखरीतर्फ आँउदै गरको ना ५३ प ९३५८ नंम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको ग १६ प ८५८९ नंम्बरको मोटरसाईकलएक दुर्घटना भएको छ ।

कमेन्टहरु
Loading...