पोखराको नयाँबजारमा दुर्घटना

पोखरा, १४ साउन / पोखरा महानगरपालिका ९ नयाँबजार स्थित गण्डकी मिनि मार्केट दुई मोटरसाइकल दुर्घटना भएको छ ।

ग१६प ६५५० नंम्बरको मोटरसाईकल र ग१प ४०६५ नम्बरको मोटरसाईकल ठक्कर खादाँ तीन जना घाइते भएका छन् ।

ग१६प ६५५० नम्बरको मोटरसाईकल चालक पोखरा महानगरपालिका २२ स्तुपा बस्ने २४ बर्षिय गणेश देबकोटा, सोहि मोटरसाईकलमा पछाडी सवार २४ वर्षिय समिक्षा अधिकारी घाइते भएका छन् ।

त्यसै गरि ग१प ४०६५ नम्बरको मोटरसाईकल चालक पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने २४ बर्षिय बुद्व लामा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भएको छ । प्रहरी टोलिले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...