पोखरामा चोरीका घटना बढे, शुक्रबार राती पृथ्वीचोकमा पलस फोडे

पोखरा, २ भदौ / पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबा राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ ।

पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले साँचो फोरी

करिब नगद सात हजार र करिब दस हजार बराबरको पसलका समान चोरी गरेको सल धनी नवीन क्षत्रिले जानकारी दिए ।

त्यसै गरि

बिहीबार राती पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको

थियो ।

कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा अध्यक्ष प्रकाश

पौडेलले जानकारी दिए ।

दान पेटिकामा ८ देखि १० हजारसम्म जम्मा भईसकेको अनुमान उनले गरे । मोनिटर र दान पेटिकाको रकम गरी करिब २५ हजार बराबरको क्षति

भएको पौडेलले बताए । विहान कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भएको थियो ।

चोरी भएको थाहा पाउने वित्तिकै वडा प्रहरी कार्यालयमा जानकारी गराईएको र प्रहरीले घटनास्थलको निरिक्षण गरी मुचुल्का उठाएको छ ।

कमेन्टहरु
Loading...