नवौ पोखरा महोत्सवबाट ४४ लाख २५ हजार बचत, ९ लाख जुलोजिकल पार्कलाई

पोखरा ७ वैशाख / नवौ पोखरा महोत्सवबाट ४४ लाख २५ हजार ९ सय ७५ रुपैया वचत भएको छ ।

गत पुष २७ देखी माघ ८ गते सम्म युनाईटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा सम्पन्न नवौ पोखा महोत्सवबाट कुल आम्दानी १ करोड ६० लाख २१ हजार ४ सय ६५ मध्ये खर्च १ करोड १५ लाख ९५ हजार ४ सय ९० रुपैया कटाएर ४४ लाख २५ हजार ९ सय ७५ रुपैया वचत भएको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले वताए ।

बचत रकम मध्ये युनाईटेड क्लवको ड्रीम प्रोजेक्ट पोखरा जुलोजिकल पार्क लाई २० प्रतिशतका दरले हुन आउने ९ लाख रुपैया प्रदान गरिएको छ । शनिवार युनाईटेड क्लवकोे नवौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादर राना मगर, युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ लगायतका क्लवका पदाधिकारीहरुले पोखरा जुलोजिक पार्कका अध्यक्ष हिमालय बख्रेल, उपाध्यक्ष वेदनाथ ओझा, कोषाध्यक्ष पुरुषोत्तम अधिकारी, महा सचिव दामोदर भक्त थापा, सदस्य केशव पंगेनी र हेमराज अधिकारीलाई नौ लाख रुपैयाको चेक हस्तान्तरण गरियो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले युनाईटेड क्लवको सामाजिक सेवालाई अन्य क्लव तथा संघ सस्थाहरुले सिको गर्नुपर्ने वताए । पछिल्लो समय युवाहरु दुब्र्यसनी जस्ता कुलतमा फस्दै गइरहेको सन्दर्भमा युनाईटेड क्लवले युवाहरुलाई एकीकृत गरी सामाजिक काम प्रति जागरुक बनाइ नवौ वार्षिकोत्सव सम्म आइपुग्दा आफुलाई उच्च स्थानमा बनाउन सफल भएको वताउदै युनाईटेडले नाम जस्तै काम गरेको समेत वताए ।

त्यस्तै पोखरा महानगर वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले युनाईटेड क्लवले पछिल्लो समयमा सामाजिक कामकै माध्यामबाट नाम कमाउन सक्षम भएको वताउदै आफुले पनि युनाईटेड क्लवको हरेक कार्यक्रमलाई आफ्नो र वडाको तर्फबाट सहयोग साथै सहकार्य गरेर अगाडी वढ्न तयार रहेको वताए ।

पोखरा जुलोजिक पार्कका अध्यक्ष तथा युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लव पोखरेली जनताको साथ र समर्थनकै कारण आजको दिन सम्म आइपुगेको र नेपालमानै नमुना खुल्ला चिडियाखाना निर्माणका लागी पहलकदमी थाल्दै गर्दा कसैलेपनि विश्वास नगरेको क्लव सामाजिक कामकै माध्यामबाट नवौ वार्षिकोत्सव सम्म आइपुग्दा सवैको मनमनमा बस्न सफल भएको वताए ।

बख्रेलले युनाईटेड क्लवको ड्रीम प्रोजेक्ट पोखराको लेखनाथमा निर्माणाधिन पोखरा जुलोजिक पार्कलाई गण्डकी प्रदेश सरकारले समेत आफ्नै प्रोजेक्ट भनेर सहयोग गरेकाले अव छिट्टै चिडियाखाना निर्माण संगै सर्वसाधारणका लागी समेत खुल्ला गरिने वताए ।

सो अवसरमा वोल्दै नवौ पोखरा महोत्सवका मुख्य प्रायोजक सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश कुमार चौधरीले युनाईटेड क्लव संगको सहकार्य निकै फलदायी रहेको वताए । पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै क्लवले गर्ने सामाजिक काम अन्य कोही क्लव तथा संघ सस्थाहरुले गर्न सकेको खण्डमा प्रदेशको मात्र नभइ समग्र मुलुकको बिकास हुने उनको भनाइ रहेको थियो ।

युनाईटेड क्लवलाई पोखरेलीको साथ र सहयोगकै कारण आजको दिन सम्म आइपुगेको र आगामी दिनमा पनि आफ्नो क्लवले लिएको लक्ष्यलाई पुरा गर्न आफु सदैव लागी पर्ने क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले वताए । त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ संरक्षक प्रजापति पराजुलीले आफु युनाईटेड क्लवको स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि युनाईटेड क्लव संगको सहकार्यलाई निरन्तरता दिनै क्लवको लक्ष्य प्राप्तीमा लागीरहने प्रतिवद्धता ब्यक्त गरे ।

महोत्सवका सल्लाहकार तथा राष्ट्रपतिबाट जनसेवाश्री सेवा विभुषण सेवा पदक वाट विभुषित पवित्रा देवी गुरुङले आफुले पनि युनाईटेड क्लवले जस्तै सामाजिक काम गरेकै कारण आफु विभुषित भएको वताउदै युनाईटेड क्लव संग सहकार्य गरेर आफु अझै समाजसेवामा लागी पर्ने वताइन ।

महोत्सवका सल्लाहकार तथा क्लवका कानुनी सल्लाहकार अधिवक्ता विमल भण्डारीले युनाईटेड क्लवले लिएको उद्देश्यलाई पुरा गर्न सम्पूर्ण जनता संगै तीनवटै सरकारको साथ र सहयोग आवश्यक रहेको वताए । त्यस्तै क्लवका आजीवन सदस्य शान्ती सुवेदीले युनाईटेड क्लवको सिको अन्य संघ सस्थाहरुले गर्नुपर्नेमा जोड दिइन ।

उक्त अवसरमा क्लवलाई अतुलनीय योगदान पुर्याएबापत क्लवका सदस्यहरु सावित्री थापा, कष्ण थापा मगर र भीम गुरुङलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियोभने राष्ट्रपतिबाट जनसेवाश्री सेवा विभुषण सेवा पदक वाट विभुषित प्रजापति पराजुली र पवित्रादेवी गुरुङलाई समेत सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य र द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

कमेन्टहरु
Loading...