नेपाल–भारत मैत्री बससेवा पोखरा–दिल्ली सोमबार देखी सञ्चालनमा

सागर राज तिमिल्सिना
पोखरा, २५ असार/नेपाल र भारत सरकारबीच अघिल्लो वर्ष भएको सिधा यातायात सम्झौता बमोजिम पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा संचालनमा आउने भएको छ । दुई देशबीच भएको सम्झौता अनुसार पोखरा–दिल्ली बस सेवा सोमबार देखी संचालनमा आउने शनिवार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा मोर्डन इराका अध्यक्ष केशवप्रसाद अघिकारीले बताए ।

पोखराको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारतको उत्तरप्रदेश परिवहन निगमबीच केहिदिन पहिले दिल्लीमा सम्झौता सिधा बस सेवा सञ्चालनमा आउन लागेको अधिकारीले बताए । त्यसका लागि मोर्डन इरा र उत्तर प्रदेश परिवहन निगमका ४–४ वटा बसले दैनिक सेवा दिने उनले जानकारी दिए । उनले पोखरा–दिल्ली रुटमा बस चलाउन पनि पोखराको पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।

नेपाल–भारत मैत्री बससेवा पोखरा–दिल्ली सोमबार देखी सञ्चालनमा
नेपाल–भारत मैत्री बससेवा पोखरा–दिल्ली सोमबार देखी सञ्चालनमा

सम्झौता अनुसार चलेका बस निर्वाध आउजाउ गर्न सक्नेछन् । त्यसमा नेपाल र भारतको कुनैपनि भन्सारमा कर तिर्नुपर्ने छैन । त्यस्तै थप अनुमति पनि लिनुपर्ने छैन । तर, नीजि रुपमा चलेका बसले भने दुतावास तथा भन्सारमा प्रवेश अनुमति लिनुपर्छ । पोखराबाट स्याङजा, पाल्पा, बुटवल हुँदै सुनौली लगनउ हुदै दिल्ली पुग्ने र सोही रुटबाट फर्किने अधिकारीले बताए । यो बसमा यात्रा गर्दा यात्रुले प्रतिव्यक्ति ३५ सय रुपैयाँ तिर्नुपर्नेछ । ४० सिट क्षमताका बस यो रुटमा चल्नेछन् ।

पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कबाट हरेक दिन बिहान ९ बजे बस दिल्लीका र दिल्लीबाट पनि सोही समयमा छुट्नेछ । उनले १३ सय किलोमिटरको यो दुरी २४ घण्टामा दिल्ली पुग्ने बताए । दुइवटा सरकारबीचको सम्झौता बमोजिम अहिले काठमाडौंदेखि दिल्ली, बनारससम्म सिधा बस सेवा संचालनमा छन् । पोखरा आउन चाहाने युवा सहित गर्मि छल्न र मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक सिधा बस सेवाले लाभान्वित हुने उनले बताए ।

कमेन्टहरु
Loading...