पोखरा आउदै गरेका र जादै गरको माइक्रो –बस ठक्कर खादाँ २ महिलाको मृत्यु

दमौली, ९ असोज / पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा मंगलबार बिहान भएको सडक दुर्घटनामा परि २ महिलाको

ज्यान गएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर ४ की सरस्वती कुंवर र नाम वतन नखुलेकी

२७/२८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घाइते

भएका छन् ।

पोखराबाट दमौली तर्फ जादै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ आउदै गरेको बा ३ ख

४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा ठक्कर खाएको हो । दुर्घटनामा परी माइक्रो चालक म्याग्दे १ का

तुल बहादुर बिक र व्यास २ निवासी विष्णुमाया बस्नेत गम्भिर घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल

कलेज पोखरामा उपचार भईरहेको छ । अन्य सामान्य घाइते भएका ६ यात्रुको दमौली अस्पतालमा उपचार

भईरहेको छ ।

कमेन्टहरु
Loading...