‘एयरपोर्ट ट्याक्स’ आज देखि टिकटमै

सागर राज तिमिल्सिना
पोखरा, १ माघ/आन्तरिक हवाईयात्रुले तिर्दै आएको सेवाशुल्क (एयरपोर्ट ट्याक्स) आज देखि जहाज टिकटमै लिन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज देखि देशभरका सबै विमानस्थलबाट उडान गर्ने यात्रुले टिकटसँगै सेवाशुल्क तिर्नुपर्ने नयाँ व्यवस्था गर्न लागेको हो । यात्रुलाई सहजता दिलाउँदै झन्झट नहोस भनेर टिकटमै सेवा शुल्क समावेश गरीएको प्राधिकरणका पोखरा प्रमुख प्रतापबाबु तिवारीले बताए ।

आन्तरिक हवाईयात्रुले सेवाशुल्क बापत प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्छ । यो उडान हुनुअघि विमान स्थलमा प्राधिकरणले लिदै आएको थियो । केहिसमय अघिसम्म हवाई कम्पनिले संकलन गर्दै आएको यो शुल्क पोखरा विमानस्थलमा भने डेढवर्षदेखि बैंकमा तिर्नुपर्ने व्यवस्था थियो । ‘अब बैंकमा पनि लाईन बस्नु नपर्ने गरि टिकटसँगै सेवाशुल्क समावेश गरिएको तिवारीले बताए । सिजनका बेला यात्रुले बैंकमा लामो समय लाईन बसेर सेवा शुल्क तिनुपने परिस्थिती हटेको उनले बताए ।

पोखरा एयरपोर्टमा पर्यटकहरु
पोखरा एयरपोर्टमा पर्यटकहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने आन्तरिक उडानका यात्रुको सेवा शुल्क गत साउनदेखि टिकटमै समावेश गर्न थालिएको थियो । ‘नयाँ व्यवस्था अनुसार टिकट काटेपछि यात्रुले सिधै उडान लागि जान सक्नेछन् । प्राधिकरणको नयाँ व्यवस्थाले सबैभन्दा बढि राहत विदेशी पर्यटकलाई हुने विमान कम्पनीका स्टेशन म्यानेजरहरु बताउ छन् । व्यक्तिगत रुपमा पैसा तिर्दै रसिद लिनुपर्दा एयरलाईन्स र यात्रु दुवैलाई झन्झट हुने गरेको थियो ।

‘कनेक्टिङ फ्लाईट’ हुने कतिपय पर्यटकसँग नेपाली पैसा नभएर सेवा शुल्क तिर्नकै लागि पुन बैंकको एटिएममा गएर रकम निकालेर आउनुपर्ने समस्या पनि रहेको उनले बताए । ‘कतिबेला सेवा शुल्क तिर्नुपर्छ भन्ने पनि थाहा हुँदैनथ्यो भने कहिलेकाहिँ त पैसा नै नभएर समस्या हुन्थ्यो’ उनले भने, ‘नयाँ व्यवस्थाले सबैलाई सहज हुन्छ ।’ नयाँ व्यवस्थाले हवाई कम्पनिलाई समेत सजिलो बनाएको उनिहरु बताउ छन् ।

कमेन्टहरु
Loading...