पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता

पोखरा, २६ भदौ/ असोज ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको लागि ४९ जनाले

आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस निकट रविन्द्रबहादुर प्रजु र नेकपा निकट दामु

अधिकारीको प्यानलले सोमबार ३२ औं अधिवेशन निर्वाचन समितिको निर्देशन अनुसार आफनो टोलीको

विभिन्न पदमा उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।

३२ औं अधिवेशनका निर्वाचन समितिका संयोजक तीथ श्रेष्ठका अनुसार अध्यक्षमा रविन्द्रबहादुर प्रजु र दामु

अधिकारी छन् । प्रजु अध्यक्ष रहने उनको प्यानलमा नारायण कोइरालाले वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका

छन् । उपाध्यक्षमा विन्दु कोइराला सुवेदी (उद्योग), उपाध्यक्ष पवनकुमार प्रजापती (वाणिज्य), महासचिवमा

अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे र उपमहासचिवमा चिनुकुमारी गुरुङ उम्मेद्वारी मनोनयन

दर्ता गरेका हुन् । त्यस्तै सदस्यहरुमा बलराम आचार्य, केशबबहादुर खत्री, दिनेशचन्द्र बाँस्तोला, कुमारी मुना

बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र

रामेश्वर अधिकारी छन् ।

अधिकारी अध्यक्ष रहने उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) गीता

तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) यमनाथ पौडेल, महासचिवको उम्मेदवारीमा किसान सुनार, कोषाध्यक्षमा

प्रेम भुजेल, उपमहासचिवमा सीता बराल रहेकी छिन् । यसैगरी प्यानल सदस्य)मा नारायण पौडेल, डि.बि.

भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज

बास्तोला, रुद्र लुइटेल रहेका छन् ।

निर्वाचन समितिका संयोजक श्रेष्ठका अनुसार खुल्ला सदस्यमा १० जनामा २१ ज्नाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यको रुपमा कृष्णप्रसाद तिवारीले मनोनयन दर्ता गराएका हुन् । मनोनयन पत्र लिएपनि बर्तमान

बरिष्ठ उपाधयक्ष गोकर्ण कार्कीले भने मनोनयन दर्ता गरेनन् । यसैगरी दुई सदस्यको लागि कर्पोरटमा

चारजनाले उम्मेदवारीको लागि मनोनयन दर्ता गरेका छन् । बर्तमान कार्यसमिति सदस्य कमलबहादुर

बस्नेतसहित हरिहर सापकोटा, घनश्याम शर्मा र हर्कबहादुर अधिकारीको मनोनयन परेको छ ।

बस्तुगत तर्फ ४ सदस्यको लागि ८ जनाले उम्मेदवारीको मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ

। चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना, हरिराज पन्त, श्रीप्रसाद घले, रन्जनकुमार बुद्धचार्य, ज्ञानबहादुर

नेपाली, राजेशकुमार गुप्ता र शिवराज बास्तोलाले मनोनयन दर्ता गराएका छन् । औद्योगिक तर्फ एक

सदस्यको लागि हिरामणि पण्डित र सुरेशबहादुर श्रेष्ठले मनोनयन गरेका हुन् ।

यसैगरी ३२ औं अधिवशेनमा मतदानमा भने भोटिङ मेशिनको प्रयोग गरिने छ । उद्योग वाणिज्य संघले २२

वटा भोटिङ मेशिन प्रयोगन गर्ने जनाएको छ । ३३ सय ७८ जना सदस्यले ३२ औं अधिवेशनमा नयाँ नेतृत्वको

लागि विद्युतीय मेशिनबाट मतदान गर्ने छन् विद्युतीय मेशिनमा विगतको जस्तो मत बदर हुने सम्भावना भने

रहदैन् ।

अध्यक्षदेखि उपमहासचिवसम्मको पदमा मतदाताले मत प्रयोग गर्ने बारे आफनो निर्णय गर्ने सक्ने छन् ।

त्यसपछि १० सदस्यको दागि अनिवार्य हाल्नुपर्छ । चार बस्तुगत, दुई कर्पोरेट र दुई उद्योग सदस्यमा पनि

अनिवार्य मतदान गर्नुपर्ने हुन्छ । तोकिएको भन्दा कमलाई मत हाले मेशिनले नै तपाईको मतदान कार्य पुरा

भएको छैन् भन्ने संकेत गर्छ ।

मतदानमा अध्यक्षदेखि उपमहासचिवको नाम, फोटो र क्रमसंख्या उल्लेख हुने ३२ औं अधिवेशनका निर्वाचन

समितिका संयोजक तीर्थ श्रेष्ठले बताए । ‘नाम, फोटो र क्रमसंख्या जहाँ छोएपनि मतदान हुन्छ ।’ उनले भने–‘

पुन सोही ठाँउमा छोए मत रद्ध हुन्छ । त्यो मत गणनामा रहदैन् । फेरी पुन मतदान गरेपछि गणना हुन्छ ।’

अध्यक्षपछि मेशिनमा नेक्ष्ट गर्ने संकेत आउँछ । बरिष्ठ उपाध्यक्षमा मत हाल्ने देखिन्छ । त्यसपछि मत हाल्ने

फेरी नेक्ष्ट गर्दै उपमहासचिवसम्मलाई मत हालेपछि सदस्यहरुको नामावली देखिन्छ । सदस्यमा १० जनालाई

मतदान गरेपछि मात्रै मतदानको प्रक्रिया टुंगिन्छ ।

कमेन्टहरु
Loading...