निरन्तर वर्षा र बाढी काठमाडौं मै ३ सहित ११ जनाको मृत्यु

काठमाडौं, २७ असार/ निरन्तर पानी परे पछि देशका विभिन्न ठाउँमा पहिरो र बाढिले क्षती पुगेको छ । निरन्तर वर्षा र बाढीका कारण काठमाडौं तीन जना सहित ११ जनाको मृत्यु भएको छ ।

निरन्तर वर्षा र बाढीका कारण काठमाडौं तीन जनाको मृत्यु भएको छ भने मकानपुरमा एक बालिकाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् ।

काठमाडौंको मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका मुलपानी बस्ने नतु यादव, सर्मिला यादव र कुन्दन यादव छन् ।

त्यसै गरी मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीय छोरी सन्तमाया बलामीको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।
काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेको प्रहरीले जानकारी दिएको छ । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

कमेन्टहरु
Loading...