मर्दी हिमाल गएका पर्यटक लडेर विदेशीको मृत्यु

पोखरा, ७ चैत
मर्दी हिमालतर्फ गएका एक विदेशीको भीरबाट लडेर बुधबार मृत्यु भएको छ । चैत १ गते काठमाण्डौंको हिमालयन शेर्पा एड्भान्चर कम्पनीबाट पोखरा हुदै मर्दी हिमाल गएका जापनीज नागरिकको मृत्यु भएको हो ।

४ जना जापनीज नागरीक र २ जना नेपाली गाईड गरी ६ जना मर्दी हिमालको लागि ट्रेकिङमा गएका थिए । बुधबार मर्दी हिमालको भ्यू पोईण्ट पुगेर फर्किने क्रममा जापनीज नागरिक PP No.TR2837904  नम्बर पासपोर्टका ६४ बर्षिय NAJASAWA  MAJAHSI  भीरबाट लडेका हुन् ।

करिब ८ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बगरले अल्टिच्युट एयरको हेलिकप्टरद्धारा गई शवलाई काठमाण्डौ टिचिङ अस्पताल पठाईएको छ ।

कमेन्टहरु
Loading...