मालेपाटनमा मोटरसाइकल र स्कुटर ठोकिदा पाँच घाइते

51

पोखरा, २२ भदौ/ पोखरा ५ मालेपाटनमा मोटर साइकल र स्कुटर ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।

ग १४ प ६७०९ नम्बरको मोटरसाईकलले ग १० प ७२९१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा पाँच जना घाईते

भएको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेमा स्कुटर चालक पोखरा १६ लामाचौर बस्ने वर्ष ३३ की रिता

थापा, स्कुटर पछाडी सवार वर्ष ३५ की रमा बानिया, वर्ष ६ की प्राप्ती बानिया रहेका छन् । त्यसै गरी

मोटरसाईकल चालक पोखरा १५ नयाँगाउ बस्ने वर्ष २१ का टेक बहादुर गुरुङ र पछाडी सवार वर्ष २० की मनिता

गुरुङ रहेका छन् । घाईतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको र दुवै सवारी साधनलाई

प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...