लेखनाथ महोत्सवमा साढे सात करोडको कारोबार, एक लाख ५० हजार दर्शकद्धारा अवलोकन

लेखनाथ, ११ फागन /कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथ महोत्सव सातौ दिनसम्म आइपुग्दा साढे सात करोड रुपैयाको कारोबार भएको । यसैगरी एक लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सव आयोजक प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सातौ दिन मंगलबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने १ करोड रुपैयाको कारोबार भएको छ ।
लेखनाथ र परिसरका गाविसका बासिन्दाले लेखनाथमा आयोजना हुने महोत्सवलाई आवश्यक सामाग्री खरिदका लागि बार्षिक क्यालेण्डरमै समेट्ने गरेको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले बताए । लेखनाथमा महोत्सवको विकल्प छैन, दर्शकको उत्साहजनक उपस्थितिबाट हौसिएका त्रिपाठीले भने—‘अव खाँचो छ त स्थायी प्रदर्शनीस्थलको ।’

महोत्सवले विशेषगरी किनमेल र मनोरञ्जनका लागि मध्यम वर्गिय उभोक्तालाइ आकर्षण गर्ने गरेको छ । सस्तोमा उपभोग्य सामाग्रीहरु, गार्मेन्ट, भाडा, हस्तकलाका सामाग्री उनिहरुको रोजाईमा पर्ने गरेको छ । खानाका परिकार स्वाद र मनोरन्जनका लागि पनि एकथरी दर्शक महोत्सव आउने गरेका छन् । दैनिकजसो ख्यातीप्राप्त कलाकारको प्रस्तुती रहने महोत्सवमा गित संगितका पारखीहरु पनि उत्तिकै रहने गरेका छन् ।

सचिवालय अगाडी भेटिएका लेखनाथ ८ शिशुवाका मोहम गुरुङ्गले सोध्दै थिए, यसपाली शिव परियार आउँछन् की आउँदैनन् ? उनि आफु शिव परियारले गाउने गजल शैलीका गितबाट प्रभावित भएको भन्दै रोजाईको गायक सोधेको बताए । महोत्सव स्थलमा भेटिएका लेखनाथ १३ का शम्सेर वहादुर वि.क. ले साता भरिको कामको थकाई महोत्सवको मनोरन्जनले मेटाउने गरेको बताए ।

महोत्सव स्थलमै भेटिएका लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी भन्दै थिए, सुन्तला महोत्सवबाट शुरु भएको महोत्सव अहिले बृहत औद्योगिक व्यापार मेलामा परिणत भएको छ । अधिकारीले महोत्सवमा स्थानीय उत्पादनका सुन्तलाका लागि सिजन प्रतिकुलता भएको बताउँदै अर्को बर्ष सुन्तलाको सिजन पनि छोप्नु पर्ने बताए । उनले अवका महोत्सवमा सूचना र प्रविधिलाई अर्को महोत्सवमा विशेष ढंगले प्रस्तुत गर्नु पर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...