पोखराको लेकसाइडमा १४ बर्षिय बालकको घाँटी रेटेर हत्या

सागर राज तिमिल्सिना
पोखरा, २९ माघ /पोखराको लेकसाइडमा एक १४ बर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ । लेकसाइडको एक निर्माण भइरहेको एक घरमा सचिन सिन्जालीको मंगलबार विहान हत्या भएको अवस्थामा सव फेला परेका हो ।

पाल्पा घर भइ लेकसाइडमा परिवार सगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

उनले बालकको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने बताए । हत्यामा संलग्नको परिचय खुलिसेको र छिटै नै प्रक्राउ पर्न बताए । घटना राती नै भएको थाहा पाए पछि प्रहरीले घट्नास्थल सुरक्षीत राखेर हत्यामा संलग्नको खोजी गरेको थियो ।

घटना राती करिब १ बजेको समयमा भएको हुन सक्न प्रहरीको भनाई छ । प्रहरीले विहान कुकुर सहितको टोलीले खोजतलास गरेका थियो । कुकुरले घटना भएको ठाउँबाट माथी करिब बुलौदी सम्म पुगेर फर्किएको प्रहरीको भनाई छ ।

https://www.facebook.com/MyGanthan/videos/2293925280896059/

कमेन्टहरु
Loading...