काठमाडौंबाट पोखरा आउदै गरेको हायस र पर्यटक जीप तनहुँमा दुर्घटना

पोखरा, २४ माघ /तनहुँको म्याग्दे गाउँपालिका ३ धयँरेमा यात्रुवाहक हायस माईक्रो र पर्यटक जीप ठक्कर खाँदा एक विदेशी पर्यटकसहित १३ जना गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा काठमाडौंबाट पोखरातर्फ आउदै गरेको बा ३ ख १०५९ नम्बरको हायस माइक्रोले गलत दिशामा गएर पोखराबाट काठमाडौं जाँदै गरेको ग १य १०४८ नम्बरको पर्यटक सवार जीपलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा परी हायसमा सवार एक बालकसहित १० जना घाइते भएका छन् । घाइतेहरुको चिन्ताजनक अवस्थामा पोखरामा उपचार भैरहेको ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

घटनामा पर्यटक सवार जीपमा सवार एक विदेशी पर्यटकसहित तीन घाइते भएका छन् । घाइतेहरु सबैको पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा अन्य थप केही यात्रु सामान्य घाइते भएकामा उनीहरु भने घर फर्केको ट्राफिक प्रमुख अधिकारीले बताए ।

कमेन्टहरु
Loading...