काहुँबाट पोखरा आउदै गरेको बस दुर्घटना

पोखरा, ७ असोज / पोखरा महानगरपालिका ११ काहुँबाट पोखरा तर्फ आउदै गरेको नगर बस दुर्घटनामा परेको

छ । काहुँबाट पोखरा आउँदै गरेको ग १ ख ६०९८ नम्बरको बस पोखरा ११ आर्दश चोकमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ८ जना घाईते भएका छन् । घाईते हुनेमा पोखरा ११ बस्ने उषा लामिछाने, बुद्धिबहादुर खत्री, मिनबहादुर

गुरुङ, बाटुली परियार, सुमित्रा बाँस्तोला, सुबिना बाँस्तोला, अनिता परियार र गौरब परियार रहेका छन् ।

उनीहरुको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको

जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...