कास्कीमा ढुंगा प्रहार गर्दा एकको मृत्यु, स्याङजामा बसको ठक्करले पैदल यात्रीको मृत्यु

पोखरा, १४ जेठ/कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ ओखरबोट धम्पुसमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

करिब ६५ को सन्ते बिकले सोही स्थान बस्ने वर्ष ५२ को मानकाजि बिकलाई ढुङगाले टाउकोमा प्रहार गर्दा सोही स्थानमा मृत्यु भएको प्रहरीले जानकारुी दिएको छ ।

घटनाको जानकारी पाउना साथ प्रहरी टोलि खटिई गई सन्ते बिकलाई नियन्त्रणमा लिई घटनाका अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी स्याङजाको पुतली बजार नगरपालिका १ स्थित सिद्वार्थ राजमार्गमा पोखराबाट बुटवल तर्फ जाँदै गरेको ना ४ ख २३२२ नम्बरको बसले पैदल यात्री पुतली ठक्कर दिदा एकको मृत्यु भएको छ ।

पुतली बजार नगरपालिका १३ लामपाटा बस्ने ७२ बर्षिय मन बहादुर दमाईलाई ठक्कर दिदा घाईते भएका थिए । उनको पोखराको गण्डकी मेडिकल कलेज पोखरा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोलिले बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...