कास्कीमा दुई जना बिच कुटाकुट हुदाँ १ जनाको हत्या

पोखरा, २५ असार /कास्कीको अन्नपूर्ण गाउँपालिका १० धामलेमा दुई युवा बिच कुटाकुट हुदाँ एक जनाको हत्या भएको छ ।

नयाँपुल घान्द्रुक कच्चि सडक खण्डमा काम गर्ने स्याङजा ज्यामिरेका ४० बर्षिय रामबहादुर गुरुङको हत्या भएको छ ।

ओखलढुङगा सुनकोशी गाउँपालिका ४ का २६ बर्षिय रुद्र मगरले सामान्य विवादमा उतिसको लौरीले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै हत्या भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।

घटना स्थलमा प्रहरी टोलि खटिई निज कुटपिट गर्ने रुद्र मगरलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए । गुरुङको शवलाई पोष्टमार्टका लागि गण्डकी अस्पताल पोखरामा राखीको छ ।

कमेन्टहरु
Loading...