सिर्जनाचोकमा खुल्यो सुबिधा सम्पन्न गोरखा कालिका स्टोर्स

पोखरा, २८ फागुन /सिर्जनाचोकबाट दुई सय मिटर तल सुबिधा सम्पन्न गोरखा कालिका स्टोर्स सुरु भएको छ । युवा व्यवसायी भरत भट्टले करिब दुई करोड रुपैयाँको लगानीमा सञ्चालित स्टोर्समा डिपार्टमेन्टल स्टोरका सम्पूर्ण सामानहरू राखिएका छन् ।

सिर्जनाचोकमा खुल्यो सुबिधा सम्पन्न गोरखा कालिका स्टोर्स
सिर्जनाचोकमा खुल्यो सुबिधा सम्पन्न गोरखा कालिका स्टोर्स

घरायसी उपभोग्य बस्तुदेखि खाद्यान्नका सामग्री, कस्मेटीक, बिभेज समेत स्टोर्समा पाइनेछ । स्टोर्स शुभारम्भका अवसरमा २ देखि ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको सञ्चालक भट्टले जानकारी दिए । स्टोर्समा दैनिक उपभोग्य सबै प्रकारका सामान पाइने भट्टले बताए ।

उनले पोखरा र आसपासक क्षेत्रमा समेत होमडेलीभरीको सेवा दिने बताए । उनले ९ जनालाई रोजगार दिन सफल भएको बताए । उनले आईक्रिमका पारखीका लागि आईक्रिम पार्लरको समेत व्यवस्था गरेको जानकारी दिए ।

कमेन्टहरु
Loading...