पोखराको लेकसाइडमा विदेशीको छुरा प्रहार नेपालीलाई

पोखरा, २३ असोज / पोखराको लेकसाईडमा एक विदेशी नागरिकले नेपाली नागरिकलाई छुरा प्रहार गरेका छन् । छुरा

प्रहारबाट नेपाली नागरिक घाईते भएका छन् । अष्ट्रियाका इडर डोमिनिकले छुरा हान्दा पोखराका शिव श्रेष्ठ घाईते भएका हुन् ।

घाईतेको पोखरा स्थित चरक अस्पतालमा उपचार भैरहेको छ । प्रारम्भीक अनुसन्धानबाट लेनदेनले घटना भएको प्रहरीको

अनुमान छ ।  अष्ट्रियन नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले

जानकारी दिए ।

कमेन्टहरु
Loading...