मोबाइल चार्ज गर्दै मोबाइल चलाउदा चट्याङले हान्दा युवतीको मृत्यु

तनहुँ, १२ माघ / शुक्रबार राति परेको बर्षा सगँ चट्टयाङका पर्दा तनहुँमा एक युवतीको ज्यान गएको छ । ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ

घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा स्थित माईत आएकी २० वर्षीया मीनामाया थापाको चट्टयाङले ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोबाइल चार्ज गर्दै भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारको क्रममा निधन भएको हो । घाइते भएकी उनको दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कमेन्टहरु
Loading...