पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना

पोखरा, १० बैशाख /सोमबार राति सुनौलीबाट पोखरा आउँदै गरेको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित हुदाँ दुर्घटना हुन पुगेको थियो ।

घाइते हुनेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीय धनकुमार परियार, भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, उनकी पत्नी ४८ वर्षीय कञ्चन मोहरिया, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाई छ । दुर्घटना पछि बस चालक फरार छन् ।

कमेन्टहरु
Loading...