पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना, स्याङजामा पनि दुर्घटना

पोखरा, १९ साउन / चितवनबाट पोखरा आउदै गरेको बस तनहुँको बन्दिपुर गाउँपालिका ५ ढाब स्थित पृथ्वी राजमार्गमा दुर्घटनामा परेको छ ।

चितवनबाट पोखरा आउदै गरेको बा४ख ५९८८ नं.को बस अनियन्त्रित भई सडकबाट अंन्दाजी ३ फिट तल खेतमा खसेको थियो । बसमा सवार १९ जना घाइते भएकोमा प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये १५ जना समान्य उपचार पश्चात डिस्चार्ज भैसकेको र अन्य ४ जनाको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि स्याङजाको भिरकोट नगरपालिका १ बयरघारी स्थित सिद्दार्थ राजमार्गमा बयरघारीबाट हेलुतर्फ जाँदै गरेको बालज्योती सेकेन्डरी बोर्डिङ स्कुल दुर्घटनामा परेको छ ।

अस्थाई लु.अ.अ.ब.३२७२ नंम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको ग १४ प ८४३३ नंम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक सोहि स्थान बस्ने वर्ष १८ को धन बहादुर मगर र पछाडि सवार वर्ष १६ को विशाल मगर घाइते भएका छन् । उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

त्यसै गरि स्याङजाको वालिङ नगरपालिका १३ बायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल तर्फ जादै गरेको लु १ ख ८३८४ नं को ट्रक र बिपरित दिशाबाट आउदै गरेको बा १५ च ८२५४ नं. को कार ठक्कर खादाँ कारमा सवार दुई जना घाईते भएका छन् ।

कमेन्टहरु
Loading...