भरतपुरबाट पोखरा आउँदै गरेको तनहुँमा दुर्घटना

पोखरा, २९ भदौ /भरतपुरबाट पोखरा आउँदै गरेको जन्ती बस तनहुँमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ

। ना ५ ख २ नम्बरको जन्ती बस पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाँउपालिका ३ नयाँबजारमा दुर्घटना हुँदा हुदाँ एक

जनाको ज्यान गएको छ । चितवनका १७ वर्षिय सन्देश खड्काको दुर्घटनामा परी ज्यान गएको प्रहरीको भनाई छ

। गुडिरहेको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा पाँच जना घाईते भएका छन् । घाईते हुनेमा चितवनको भरतपुर बस्ने नर माया थापा, सरोज थापा,

नवलपरासीकी शान्ति गुरुङ, गंगा थापा र दुर्गा पुन रहेका छन् । उनीहरुलाई पोखरा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...