बेगनास बस पार्कमा एक जनाको मृत्यु

पोखरा, २८ भदौ /पोखरा लेखनाथको बेगनास वरपर हिडिरहने एक व्यक्ति बुधबार बिहान मृत भेटिएका छन् । पोखरा लेखनाथ महानगरलिका ३१ बेगनास स्थित बसपार्कमा रहेको यात्रु प्रतिक्षालयमा नामथर नखुलेका एक व्यक्ति मृत भेटिएको डिएपी गोविन्द्र पुरीले जानकारी दिए ।

उनले करिब अन्दाजी ५० को पुरुष मृत अवस्थामा फेला परेको बताए । उनले लामो समय देखि त्यस क्षेत्रमा मागेर खाने गरेको र प्रतिक्षालयमा सुनते गरेको उनले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको भनाई छ ।

कमेन्टहरु
Loading...