पोखराको बेगनास र मुस्ताङमा मृत फेला

पोखरा, २४ चैत /पोखरा महानरपालिका ३१ बेगनास डुंगाघाट एक शव फेला परेको छ । करिब ४० बर्षको देखीने हालसम्म नाम, थर ,वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोष्टमार्टका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखीको प्रहरीको भनाई छ ।

त्यसै गरि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ ताक्लिङमा एक शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

करिब ३७ वर्षको देखीने हाल नाम, थर, वतन नखुलेको अन्दाजी पुरुषको शव फेला परेको प्रहरीको भनाई छ । दुबै घटनाको बारेमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...