Ganthan News Pokhara
All news from Pokhara & around

तनहूँको बन्दीपुरमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

0

पोखरा, २३ माघ /तनहूँको बन्दीपुरमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिकाको जालभञ्ज्याङ तर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप पल्टिदा दुई जनाको मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा भएको दुर्घटनामा बन्दीपुर गाउँपालिका ५ की ४५ वर्षीया चीजमाया गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाईते दुवैजनाको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहूँका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा जीप चालक सहित ५ जना घाईते छन् ।

उनीहरुको बन्दीपुरमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको अर्यालले बताए । जालभज्याङ्गमा छेवरको भोज खाएर फर्किने क्रममा उकालोमा तान्न नसकेपछि व्याक भएर जिप दुर्घटना भएको हो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु