एक दिन देखी बेपत्ता पोखरा लामाचौरकी १४ बर्षिया बालिका मृत फेला

पोखरा, ८ भदौ /पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बटुलेचौरमा

कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १४ बर्षिया पुष्पा केसीले बिहीबार विद्यालयबाट फर्किए

देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर नपुगे पछि बिहीबार साँझबाटै

परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला

परेकी छन् । पोखरा १९ फापरतरोमा केसी सव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९

जिमेरे देखी करिब साढे दुई किलोमिटर पर सव भेटिएको हो । उनको झोला भने पोखरा १९ ढाडमा घर देखी

करिब १ किलोमिटर पर भेटिएको थियो । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...