बेगनास तालमा डुंगा डुब्यो, दुई जनाको मृत्यु, चार बेपत्ता

सागर राज तिमिल्सिना

पोखरा, २३ भदौ /पोखराको बेगनास ताल पारी दरखान जान सवाररत डुंगा बेगनास तालमा डुब्दा दुई जनाको

मृत्यु भएको छ । बेगनास तालको लिब्दी टुडँमा ८ जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने

चार जना बेपत्ता छन् । तीन जनाको उद्दार भएको छ ।

उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी तनहुँकी ३२ वर्षिय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षिया

कृष्णकुमारी कडेंल (बजगाई) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई उद्दारपछि

लेखनाथ लायन्स सामुदायीक अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय

शंकर खनाल, ८ वर्षिय शिव खनाल र ३२ वर्षिय रवी खनाल तालमा बेपत्ता छन् । रबी खनाल नेपाली सेनाको

हेटौडामा कारेरत थिए । उनीहरुको खोजीकार्य भइरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए ।

तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए । डुंगामा एक्लै गएका

कमलराज कंडेल तालमा आफ्न्तहरु डुबेको देखे पछि तालमा बचाउन पुगेका थिए तर उनलाई पनि स्थानीयले

उद्धार गरेका छन् । उनी अहिले बेहोस अवस्थामा छन् ।

डुंगामा पानी भरिए पछि डुंगा डुबेको पौडीएर बाच्न सफल भएकी सपना खनालले बताइन् । उनले डुंगामा पानी

भरिए पछि सबै जना तालमा खसेको बताईन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिए,’ उनले भनन् ‘लामो

समय सम्म उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के, म पौडेर बाचे ।’

कमल कडेंल भने आफन्तलाई डुगा चढाई पठाएपछि एक्लै डुंगा लिएर गएका थिए । कमल आफन्त चढेको डुंगा

नजिकै पुग्दा बच्चा खसेको देखे। त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको

देखेपछि कमल डुंगामै बेहोस भई तालमा खसेका थिए। उनलाई पनि समयमै उद्दार गरिएको थियो ।

बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । वेपत्ता भएकाहरुको उद्दारको

लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आफन्तहरु लागेका छन् । आफनै डुंगा भएकै कारण उनीहरु

लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको थिए ।

बेगनास तालमा डुंगा यसरी पल्टियो, दुई जनाको मृत्यु, चार बेपत्ता

बेगनास तालमा डुंगा यसरी पल्टियो, दुई जनाको मृत्यु, चार बेपत्ता

Posted by Ganthan.com on Saturday, September 8, 2018

कमेन्टहरु
Loading...