पोखराको बागमारामा स्कारपियो दुर्घटना

पोखरा, १४ असोज/ पोखराको बागमारामा सवारी दर्घटना हुँदा ४ जना घाईते भएका छन् । पोखरा महानगरपालिका ३३ बागमाराबाट पोखरा

आउदै गरेको ग १ य ९१८ नंम्बरको को स्कारपियो गाडि अचानक सडक देखी अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी

दिएको छ । घाइतेहरुको गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भएको छ । घाईते हुनेमा बागमाराकै प्रकाश पौडेल(२८),

अन्जित गुरुङ(२८), सुदिप आचार्य(२८) र भरतपोखरीका केशब भुजेल(४३) रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइ रहेको जिल्ला

प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...