चाडै यातायात क्षेत्रलाई व्यवस्थित गर्छौ मुख्यमन्त्री गुरुङ

पोखरा १९ भदौ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाडै व्यवस्थित गरिने बताएका छन । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाकी नै रहेकाले प्रदेशले संघको ऐन पर्खिरहेको उनले बताए ।

गण्डकी ट्रक व्यावसायी संघको २० औ अधिवेशनको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले संघको ऐन आएपछि प्रदेशले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताए । ‘संघले बनाउछ बनाउछु, डाफ्ट गरिरहेको छ भनेर भनिरहेको छ, संघको ऐन अनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकोले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौ, अव चाडै व्यवस्थित हुन्छ’ उनले भने ।

प्रदेश सरकारको राजश्व संकलन हुने क्षेत्र मध्ये यातायात क्षेत्र समेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न काम प्रदेश सरकारको प्राथमिकतामा परेको उनको भनाई छ । यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न निति प्रदेश सरकारले ल्याइरहेको बताउदै उनले अन्य प्रदेशमा रहेका सवारी सधान प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने निति त्यसैको उदाहरण भएको उनले प्रष्ट्याए ।

विदेशी लगानीमा सबै सहयोग गरौ

मुख्यमन्त्री गुरुङले प्रदेशमा विदेशी लगानीमा प्रोहत्सन गर्न सवैले सहयोग गर्नुपर्ने बताए । ठुला ठुला लगानीहरु अहिले विभिन्न आन्दोलन र हड्तालका कारण प्रदेशमा आउने हिच्किचाइरहेको बताउदै उनले यो प्रबृत्ति प्रदेशको विकासका लागि घातक हुने बताए ।

उनले प्रदेशमा लगानीमैत्री बाताबरण बनाउने प्रदेश सरकारले कुनै कसर बॉकी नराख्ने भन्दै निजी क्षेत्रको सहयोगबाट मात्र प्रदेशले मध्यकालिन लक्ष्य प्राप्त गर्न सक्ने बताए ।

कमेन्टहरु
Loading...