दुई ठाउँमा भएको गाडी दुर्घटनामा परि १९ यात्रुको मृत्यु

काठमाडौं, १५ कात्तिक/सोमबार गुल्मी र उदयपुरमा भएका दुई दुर्घटनामा परी १९ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ८ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस भिरबाट खस्दा ११ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बुटवलबाट सदरमुकाम तम्घास जाँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस दिउँसो भिरबाट झण्डै ३ सय मिटर तल खसेको थियो।

यता उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ टाटा सुमो बेतिनीदेखि चार किलोमिटर टाढा लप्सीभन्ज्याङको भीरमा खस्दा ८ जना मृत्यु भएको छ।

उदयपुरका प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना चालक र एक यात्रु घाइते भएका छन्। घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ। गत शनिबार मात्रै राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा ३१ यात्रुको ज्यान गएको थियो।

कमेन्टहरु
Loading...