पोखरामा कार्तिक पहिलो साता १९७४ एडीको सांगीतिक साँझ

पोखरा, २९ भदौ/ फुटबल एकेडेमी भर्खर शुरु गरिएको छ । एउटा एम्बुलेन्सबाट विरामीको सेवा गरिरहेको छ । क्लबको भवन बनाउन जरुरी छ । अतिरिक्त एम्बुलेन्स सेवा शुरु गर्ने योजनासहित सामाजिक कार्यमा आफुलाई अब्बल ठहर्याउनु पनि अर्को उद्देश्य छ ।

ती सबै उद्देश्य पुरा गर्ने योजनासहित डेभिजफल क्लबले आगामी कार्तिक २ गते सांगीतिक साँझ गर्ने जमर्को गरेको छ । सांगीतिक साँझमा स्थानीय पोखरेली कलाकारले आफनो प्रस्तुती दिने छन् । साथमा १९७४ एडीले आफनो कार्यक्रम प्रस्तुत गरेर सांगीतिक माहौल सृजना गर्दै क्लबको उद्देश्य पुरा गर्ने लक्ष्यमा अग्रसर हुने क्लबले जनाएको छ ।

१९७४ एडीले लामो समयपछि पोखरामा आफनो सांगीतिक साँझ मार्फत व्याण्ड फेरी व्युँझिएको संकेत गर्ने छ । एड्रिन प्रधानले आफनो गायनले मन्त्रमुग्ध बनाउने छन् । सांगीतिक साँझ मार्फत उनको स्वर सुन्न पोखरेली आतुर रहेको दावी कार्यक्रम संयोजक कुमार गुरुङ सुनाउँछन् ।

व्याण्डले साँझ ७ बजेदेखि ९ बजेसम्मको दुई घण्टाको अवधिमा आफनो विभिन्न गीतहरु दर्शक एवं स्रोता समक्ष प्रस्तुत गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

सांगीतिक साँझ केवल मनोरन्जन मात्रै नभई सामाजिका उद्देश्य पुरा गर्ने लक्ष्य र योजनासहित आयोजना गरिएको क्लबका अध्यक्ष खेमराज बराल(पुष्प)ले बताए । ‘सांगीतिक साँझ गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनसँगै भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने महत्वपूर्ण उद्देश्य पनि छ ।’ उनले भने–‘त्यो सँगै क्लबले आफनो सञ्चालित सामाजिक कार्यलाई अझ प्रभावकारी बनाउने अभियानलाई सार्थकता प्रदान गर्न यो साँगीतिक कार्यक्रम अगाडि सारिएको हो ।’

क्लबले अहिले चलिरहेको एम्बुलेन्सबाट प्राप्त रकम, क्लबकै भवन व्यापारिक सटरहरुबाट आम्दानी, डेभिजफल घुम्ने आउने पर्यटकहरुबा पार्किङ शुल्क नै आम्दानीका स्रोत हुन् । आम्दानीलाई प्रभावकारी बनाउन नयाँ एम्बुलेन्ससँगै फुटबल एकेडेमी शुरु गरिएको छ । आगामी दिनमा आवासिय सुविधासहितको फुटबल एकेडेमी शुरु गर्ने लक्ष्य क्लबले लिएको छ । १९७४ एडीले हिड्दा हिड्दै दोबाटोमा …बाँच अनि बाँच्न देउ..,हिजो मात्र तिमीले भेटेको…, गुराँसै फुल्यो बनैमा..लगायतका गीतहरु छोरेपाटन साँझमा गुम्जिने छ ।

साँझको लागि क्लबले २४ लाख ४५ हजार खर्चको अनुमान गरेको छ । व्याण्डकै लागि क्लबले १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । व्याण्डकै संगीतका बाद्यवादन प्रयोग गरिने हुदाँ केही खर्चिलो देखिएको क्लबले जनाएको छ । क्लबले ३२ लाख रुपैयाँ आम्दानी हुने विश्वास गरेको छ । गेटटिकटमात्रै ९ लाख रुपैयाँ उठाउने योजनासहित कार्यक्रमको तयारी गरेको हो । सुरक्षाको लागि छोरेपाटन प्रहरी चौकीसँग समन्वय गरी विभिन्न ठाँउमा सिसिक्यामेरा जडान गर्ने क्लबले जनाएको छ ।

कमेन्टहरु
Loading...