ट्यालेण्ट क्वेष्ट गण्डकीको फाइनलमा २२ छनौट

पोखरा, १५ भदौ / फुच्चि रितिसा श्रेष्ठलाई स्टेजमा देख्दा जर्जहरुले विश्वास गरेका थिएनन् होला केहि बेरमा उनैले आफुहरुको मन जित्नेछिन भनेर । विभिन्न प्रप्स सहित स्टेजमा उत्रिएकी उनले जब ‘किन बढ्दै छ ढुकढुकी मुटुको’ गितमा अनेक हाउभाउ सहितको नृत्य प्रस्तुत गरिन्, दर्शक समेत तालि नबजाई बस्न सकेनन् ।

‘को हो नितिसाको ढुकढुकी ? निर्णायक नेत्रबहादुर गुरुङ्गको प्रश्नमा वाल्ल परेकि नितिसा कपालमा बाटेको रातो डोरी घुमाउँदै थिइन् । गुरुङ्गले अर्को प्रश्न तेर्साए– उनको उमेर । पाँच वटा औला देखाउँदै बोलिन–पाँच ।

उनको उहि प्रर्दशन उनलाई फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ को फाइनलमा पुग्न प्रयाप्त भयो । उनीजस्तै अन्य २१ ले पनि प्रतियोगिताको कोरियोग्राफी राउण्ट पार गर्दै फाइनलको यात्रा तय गरे । रितिसालाई नृत्य सिकाएकी लेकसाइडकी सविना श्रेष्ठले आफ्नों कोरियोग्राफीमा पाँचजनालाई प्रतिस्पर्धामा उतारेकि थिइन् । ति मध्ये तीनजनाले फाइनलमा स्थान बनाउन सके ।

एलिसा गुरुङ्ग वेष्ट प्रोमोमर अफ द डे तथा श्वेता सुवेदीले वेष्ट थिम अफ द डे को उपाधी सहित फाइनलमा छनौट भए । महिमा दर्नाल, आकांक्षा गुरुङ्ग, दुर्गा सुनार, सविना अधिकारी, श्रृष्टि राइभाट, यासाका लामा, विपना विक, कुसुम गुरुङ्ग, खुसि गुरुङ्ग, अनिता पुन मगर, मञ्जु शेर्पा, झरना क्षेत्री, जलन गुरुङ्ग, पवित्रा मगर, राजन तामाङ्ग, इश्वर गुरुङ्ग, दिव्या गुरुङ्ग, धनराज श्रेष्ठ, एनी गुरुङ्ग र एलिसा गुरुङ्गले पनि फाइनलका लागि स्थान सुरक्षित पारेका हुन् ।

प्रतियोगिताको विभिन्न चरणमा भएका छनौटमा ६० बढि प्रतिस्पर्धीहरु आएका थिए ।
‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथएच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमि प्रालिको सहकार्यमा भएको प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोजमा हुने आयोजक एकेडेमीका अध्यक्ष प्रविन मगरले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत डान्सिङ्गतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त कार्यक्रमका संयोजक समेत रहेका मगरले बताए ।

प्रतियोगिताको अन्य निर्णायकहरुमा अनिष कुमार भुज, सरु गुरुङ्ग, निरज राइभाट थिए भने सन्ध्या विसिले कार्यक्रम प्रस्तुत गरेको आयोजक हरि रम्तेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...