पोखरेली रंगपत्रकारहरुले हेरे ‘सुराक’

पोखरा, १५ असोज /द्वन्दकालको घटनालाई समेटेर निर्माण भएको फिल्म ‘सुराक’लाई यसको निर्माणपक्षले पोखराका रंगपत्रकारहरुमाझ प्रदर्शन गरेको छ । फिल्मको बारेमा समिक्षा गर्नका लागि निर्माणपक्षले रंगपत्रकारहरुमाझ फिल्मलाई प्रदर्शन गरेको हो । फिल्म हेरिसकेपछि अधिकांश रंगपत्रकारहरुले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए ।Suraaq-New-poster2x3

द्वन्दकालमा विद्रोही र राज्यपक्षबाट ग्रामिण ईलाकाका जनता कसरी चेपुवामा परेका थिए, भन्ने विषयमा केन्द्रित फिल्म हेरिसकेपछि धेरैजसो पत्रकारहरु नोस्टाल्जिक बनेका थिए । द्वन्दकालमा आफुहरुसंग पनि त्यस्तै खालका अनुभव भएको भन्दै उनीहरुले आफ्ना अनुभव समेत सुनाएका थिए । सोहि क्रममा फिल्ममा जसरी नै रंगपत्रकारहरुले समेत द्वन्दका कारण कसैलाई पनि फाईदा नपुगेको निष्कर्श समेत निकाले ।

असोज १२ गते लेखनाथमा प्रदर्शन भएको यो फिल्मलाई दर्शकले समेत अत्याधिक रुचाएको निर्देशक माओत्से गुरुङले बताए । ‘फिल्म हेरिसकेपछि धेरै दर्शकहरुले द्वन्दकालको सम्झना गर्छन् र विश्लेषण पनि गर्छन् ।’ निर्देशक गुरुङले भने–‘यस्तै प्रतिक्रियाहरुका कारण मलाई पनि हौसला मिलेको छ ।’ यो फिल्म जम्मा जम्मी ६२ मिनेट अवधीको मात्र छ ।

मंगलबार प्रेस शो संगै फिल्म युनिटले न्यायका लागि द्वन्दपिडित समाजलाई १० हजार रुपैँया उपलब्ध गराएको छ । द्वन्दकालमा वेपत्ता भएकाहरुकै कथालाई फिल्म बनाएको भन्दै युनिटले समाजका सचिव जमुना शर्मालाई सो रकम हस्तान्तरण गरेको थियो । सुराकमा सोम गुरुङ, रजनी गुरुङ, निरज पन्त, मनोज घर्तीमगर, नौजंग गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई सन्तोष कोन्मेले खिचेका हुन् ।

कमेन्टहरु
Loading...