‘रेशम फिरिरी’ पछि सन्तोष बस्यालले ल्याए ‘ढाट्यो मायाले’

पोखरा ८ भदौ / दुई वर्ष अघि सार्वजनिक गरिएको रेशम फिरिरी गीत पश्चात गायक सन्तोष बस्यालले ढाट्यो

मायाले सार्वजनिक गरेका छन् । पोखरामा विहीबार साँझ आयोजित लोकार्पण कार्यक्रममा उनले सो गीत

सार्वजनिक गरेका हुन् ।

गायनमा पछिल्लो समयकी चर्चित गायिका सहिमा श्रेष्ठको साथ पाएका बस्यालको गीतमा संगीत र शब्द भने

चलचित्र छक्का पण्जाको चर्चित गीत देखन चम्पा सुनन चम्पा, छक्का पण्जा— ३ को पहिलो नम्बरमा, चलचित्र

मंगलमको पर्खपर्ख मायालु म पनि त आम्ला लगायतका गीतका संगीतकार दिपक शर्माको रहेको छ ।

गीत लोकशैलीको छ । उसो त संगीतकार शर्माले संगीत भर्ने हरेक गीतमा लोकपन समेटिएको हुन्छ । ढाट्यो

मायाले गीत पनि एक लोकपन भएको गीत हो संगीतकार दिपक शर्माले भने । यो गीतमा हाम्रो समाजमा

चलिआएका सामान्य बोलीचालीका भाषालाईनै समेटिएको उनले बताए । गीत चलाउनका निम्ती कतै न कतै

सबैको मुखमा झुण्डिने शब्द राख्नुपर्ने हुन्छ । जुन शब्द आम मान्छेले बोलिरहेको हुन्छ त्यही शब्दलाईनै टपक्क

टिपेर गीत बनाएको दृष्टान्त शर्माले प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सन्तोष सहिमाको ढाट्यो मायाले गीतले

आफ्नो मन छोएको बताए । माया प्रितका संवाद अन्तर्गत सामान्य बोलिरहने ठट्यौली शब्दहरुको संयोजन भएको

गीत रहेछ, उनले भने । उनका अनुसार गीत समाजमा पच्ने खालको हुनुपर्छ । हाम्रो समाजको लय लोक हो । यहि

बिटमा ढाट्यो मायाले गीत प्रस्तुत भएकोमा खुशी व्यक्त गर्दै उनले गायकगायिका सहित संगीतकारलाई बधाई

एवम सफलताको शुभकामना दिए ।

यस्तै, सामाजिक सन्जालमा जसले जे लेखेपनि पत्रकारले दोष खेप्नुपरेको आचार्यले बताएका छन् । सामाजिक

सन्जालमा जथाभावी आउने तस्बिरहरुका कारण पत्रकारलाई फोटो खिच्न समेत रोक लाग्ने गरि मुलुकी संहिता

आएको उनको भनाइ थियो । नकारात्मक विषय मात्र समाचार बन्छ भन्ने पुरानो मान्यता त्याग्दै सकारात्मक सोच

राख्न समेत उनले पत्रकारलाई आग्रह गरे । आचार्यले गीत संगितबिनाको जिवन कल्पना समेत गर्न नसकिने बताए

। मनोरन्जन संगै चेतना दिने, जगाउने काम संगितले गर्ने बताए ।

गीत तथा भिडियोको समिक्षा गर्दै गायक तथा संगीतकार विनोद बानियाँले गित निकै राम्रो बनेको बताए । शव्द

संयोजन, गायकी, संगित, भिडियो सबै पक्ष राम्रो रहेको उनले बताए । पछिल्लो टे«नअनुसारको गीत भएकाले

पनि गीत चल्नेमा उनको विश्वास थियो । गायक बानियाँका अनुसार ढाट्यो मायाले गीतको विशेषता भनेकै ‘ढाट्यो

मायाले ढाट्रै पिरती साट्यो मायाले’ जस्तो क्याची शब्द हो । जुन आम मान्छेको मुखमा झुण्डिन्छ, उनले भने ।

सन्तोषको आवाजमा आफुले सबै गीत सुन्ने अवसर पाएको बताउदै सन्तोष सबै गीत गाउन सक्ने गायक भएको

पनि बानियाँले बताए ।

कार्यक्रममा गायिका सहिमा श्रेष्ठले गीतको रेर्कडिङ र म्युजिक भिडियो छाँयाकनका बारेमा बोलेकी थिईन ।

गायक सन्तोषले आफ्नो यो तेस्रो गीत भएको बताए । यसअघि गायक ओम गुरुङ सहित योगेश काजीको शब्द

संगीतमा रहेको रेशम फिरिरी गीत पनि उनले सार्वजनिक गरिसकेका छन् । जस्मा नायक पल शाह र नायिका

बेनिशा हमाललाई फिचरिङ गरिएको थियो ।

यस्तै गायक बस्यालले आफनो पहिलो गीत मैले तिमीलाई माया गर्दा गीत पनि सार्वजनिक गरिसकेका छन् ।

पोखरामा रहेर संगीतकर्म सँगसँगै पत्रकारिता पनि गरिरहेका यि गायकले आगामी दिनमा पनि नेपाली समाजलाई

पच्ने खालको गीत सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्ट, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे लगायतले

बोलेका थिए ।

नेक्सन डान्स एकेडेमी काठमाडौंको प्रस्तुतिमा निर्माण भएको सन्तोष सहिमाको ढाट्यो मायालेको म्युजिक

भिडियोको निर्देशन भने विभोर पोखरेलले गरेका हुन् । गीतमा अनुराग ठकुरी, बबिता श्रेष्ठ र बालकलाकार

अविमा तामाङको अभिनय रहेको छ ।

त्रिवेणी संगितालय पोखराका सञ्चालक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा ओम फाण्डेसनका

महासचिव लोकदोहोरी गायक सुरेन्द्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गजलकार मन क्षेत्रिले

कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...