राहत सम्बन्धि छोटो फिल्म युट्युवमा सार्वजनिक (भिडियो सहित)

पोखरा, १८ वैशाख / नेत्र ईण्टरटेण्डमेण्टको प्रस्तुतीमा राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक नेत्र गुरुङ्को कथा तथा निर्देशनमा यो फिल्म बनाईएको हो । फिल्मका सह निर्देशक भरत छन्त्याल हुन् । उनले कथामा पनि काम गरेका छन् ।

फिल्ममा विभु भुसाल, रेम रसाईली, अनिषा श्रेष्ठ, गीता पराजुली र प्रतिक्षा पौडेलले अभिनय गरेका छन् । कोरोना सँक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाईएको निर्देशक नेत्र गुरुङ्ले बताए ।

प्रकाश ‘गुरुङ् काश’ ले खिचेको फिल्ममा परिचय नेटवर्क मिडिया पार्टनरको रुपमा रहेको छ । विजयराज अधिकारी निर्माण व्यवस्थापक रहेको फिल्ममा पोखरा फिल्म सोसाईटी, ज्ञान करियर ईन्ष्टिच्युट, जक्सन डटकम, प्रोडक्सन सी लगायतका सँस्था सहभागी छन् ।

कमेन्टहरु
Loading...