सञ्चारकर्मी प्रकाश रसाईलीको “आटो ढिडो खान्छयौ खादिनौ” बजारमा

पोखरा , १९ बैशाख /सञ्चारकर्मी प्रकाश रसाईलीले नयाँ लोक दोहोरी गित बजारमा ल्याएका छन् । उनले “नढाटेर भन तिमी जान्छयौ जादिनौ , सुख दिन सक्दिन मीठो ख्वाउन सक्दिन गाउँको आटो ढिडो खान्छयौ खादिनौ” बोलको गित बजारमा ल्याएका हुन् ।

गाउँको परिश्रमी युवा पढाईको सिलसिलामा शहर झरेपछि शहरिया युबतीसँग प्रेम बस्नु तर उनलाई गाउँमा लैजादा दुःख गर्न नसक्ने हो कि भन्ने पीर र प्रेमिका प्रतिको मायाको  भाव उनको गितमा समेटिएको छ । सञ्चारकर्मी रसाईलीको शब्द र  स्वरमा सजिएको गीतमा गायिका विमला श्रेष्ठले साथ दिएकी छन । गीतमा लय अर्जुन विश्व आवास, एरेञ्ज सागर विरहीको रहेको छ ।गीतको भिडियो निर्देशन रमेश रसाईलीको रहेको छ भने गीतमा अभिनय प्रकाश सुनार ‘सेञ्चुरी’ र रश्मी रिया खत्रीको रहेको छ ।

पछिल्लो समयमा प्रेम र मायालाई सम्पत्तिसँग दाँजिएको अवस्थामा यो गीतले चोखो मायामा सम्पत्ति लाई तुलना नगर्ने सन्देश दिएको छ ।चोखो र जिन्दगीभर पुग्ने माया हो भने न गाउँ भनिन्छ न शहर । सम्पत्तिको लागि माया हेर्ने हैन भन्दै गाउँको दुःख सुख एक अर्कामा साटने प्रण गीतमा झल्किएको छ । नेपालमा गाउँले परिबेश वा शहरिया आफनो घरपरिवारलाई सुख दिन सम्पत्तिको लागि विदेशिनु पर्ने आम नेपालीको बाध्यता बनिसकेको छ त्यसलाई पनि यो गितमा जोडदार रुपामा उजागर गरिएको छ ।

गर्नुपर्ला लेक बेशी 

हुनुपर्दा सानु परदेशी 

विहे पछि सुख र सम्पत्तिको लागि बिदेशिनु पर्ने बाध्यता लाई पोख्दै आफनो मान्छेले दुःख पो पाउने होकि भन्ने भावले गीत झनै मार्मिक बनेको छ ।गीतमा प्रयोग गरिएका आँटो ढिडो , मेलापात,लेकबेशी  जस्ता शब्दले आफनै गाउँघर तिर बोलिने मौलिक भाव झल्काएको छ ।सरल , मौलिक र बोलीचालीको भाषामा लेखिएको गीत र भावमा डुबेको स्वरले पक्कै लोकप्रियता पाउनेमा ढुक्क भएको  गीतका सर्जक रसाईली बताऊछन् ।

कमेन्टहरु
Loading...