प्याराडिसो स्र्पोटस बारमा विशेष सागीतिक कार्यक्रम

पोखरा, १४ असोज / नयाँ वर्षलाई स्वागत गर्न पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्र्पोटस बारमा न्युएयर इभमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा मंगलबार पुस १५ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।

साझँबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त मिस्टेरीयोस गु्रभर्स व्याण्ड, द वेभ व्याण्ड, डिजेहरु तेन्जिङ र आशिषले राति सम्म गीत संगितका माध्येमबाट मनोरञ्जन प्रदान गर्ने छन् ।

बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको बारका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने उनले बताए । युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उनले बताए ।

‘यो नयाँ वर्षलाई स्पेशल बनाउँन शुभकामना आदन, प्रदान साथै खाना र म्युजिकसँगै झुम्न सबैलाई निम्तो छ,’ उनले भने, ‘हामीसँगै रमाईलो गर्न विशेष कार्यक्रम हुन्छ ।’

कमेन्टहरु
Loading...