पोखरामा ‘इन्टू मिन्टू लन्डनमा’

श्याम राना
पोखरा, २७ भदौ /एक समय यस्तो पनि थियो । नेपाली फिल्मको नाम लिएर दर्शक हलसम्म पुग्नै हिचकिच्याउँथे ।

समयको परिवर्तन सँगसँगै नेपाली फिल्मको चर्चा पनि एकाएक चुलियो । धमाधम नेपाली फिल्म बजारमा भित्रिन

थाले । यस्तै, युवापुस्तालाई लक्षित गरि निमार्ण गरिएको फिल्म ‘इन्टू मिन्टू लन्डनमा’ पनि आउँदो असोज ५ गते

प्रर्दशनको तयारीमा जुटेको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म युनिटले

फिल्मबारे जानकारी दिएको हो ।

फिल्मकी निर्देशक रेनेसा बान्तवा राईले फिल्मलाई लिएर निकै आशावादी रहेको बताईन । ‘पहिलो प्रयास हो,’

उनले भनिन्, ‘सबैको साथ र सहयोग पाउँनेमा आशावादी छुँ ।’ फिल्मलाई लिएर निकै दौडधुप बढेको उनले

सुनाइन ।

फिल्मबाट कत्तिको अपेक्षा गर्नु भएको छ ? ‘एकैचाटी ठूलो फड्को मार्ने चाहना त सबैको हुन्छ,’ उनले भनिन्,

‘सफल हुने नहुने दर्शकको हातमा छ ।’ यसअघि थुप्रै फिल्मको गीतमा कारियोग्राफी गरि सकेकी उनी, निर्देशक

बन्नु आफ्नो सपना रहेको बताउँछिन् । ‘कोरियोग्राफी मेरो खुसि हो,’ भन्छिन्, ‘निर्देशक बन्नु सपना ।’ रोमान्टिक

फ्याम्ली मुभी भएकाले सबैले हेर्नुपर्ने उनको तर्क थियो ।

बसोबास युके मै भए पनि नेपाली फिल्मलाई नजिकबाट नियाँलि रहेको नव नायक धिरज मगर बताउँछन् ।

‘अचानक उहाँ(निर्देशक) सँग भेट भयो,’ उनले भने, ‘फिल्म गर्छु भन्ने नै थिएन, स्क््िरmप्ट पढि सकेपछि मैले

जसरी क्यारेक्टर अरु कसैले निभाउँन सक्दैन जस्तो लाग्यो ।’ फिल्मले इन्डष्ट्रीमा नयाँ चेन्ज ल्याउँने उनको दाबी

थियो । ‘निकै राम्रो फिल्म बनेको छ,’ उनले भने, ‘फिल्म प्रर्दशनको पर्खाइमा छु ।’

आफ्नो लागि मात्र नभई सम्पूर्ण इन्डष्ट्रीका लागि नै गतिलो फिल्म बनेको अभेनेत्रि साम्राज्ञीराज्य लक्ष्मी शाहको

दाबी थियो । ‘निकै राम्रो फिल्म बनेको छ,’ उनले भनिन्, ‘एकपटक सबैले हेर्नुपर्छ ।’ फिल्ममा राजदुतको छोरीको

रोल प्ले गरेको उनले सुुनाइन् । पछिल्लो समय प्रदर्शन भएको फिल्म ‘कायरा’ले सोचे जस्तो सफलता हात पार्न

नसके पनि आफूले गरेको सबै फिल्म राम्रो बनेको उनको भनाइ थियो ।

फिल्मबाट धेरै कुरा सिकेको अर्का नायक सारुक ताम्राकार बताउँछन् । ‘फिल्म गर्न पाएर निकै खुसि छु,’ भन्छन्,

‘निकै राम्रो फिल्म बनेको छ ।’ डक्टरले फिल्म नगर भन्दा पनि फिल्म गरेको उनी सुनाउँ छन् । ‘फिल्मको

स्क््िरmप्टले तानेर फिल्म गरेको हुँ,’ भन्छन्, ‘नत्र नगर्न पनि सक्थे ?’

विर्तामोड, दमक, विराटनगर, इटहरीमा पुगीँसकेको फिल्म युनिटले जानकारी दियो । फिल्म निमार्ण गर्न २ वर्ष

लागेको निमार्ण युनिटको भनाई छ । प्रभु एसजेबी राना र प्रज्वल एसजेबी रानाले निमार्ण गरेकोे फिल्म ‘आइ कोर

फिल्म’को ब्यानरमा बनेको हो ।

कमेन्टहरु
Loading...