गन्र्धव नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’

पोखरा, १३ असार/पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीको नाटक मञ्चनको तयारी पुरा भएको नाटकको निर्देशक आकांक्षा कार्कीले जनाइन् ।

नाटकको सम्पुर्ण युनिट पोखरा आइपुगेका छन् । कार्कीकै अवधारणा, परिकल्पनामा यो नाटकलाई मञ्चन गरिनेछ । सन्देशमुलक नाटकको लागि पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको उनले जनाइन् ।

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाईहरु मार्फत पितृसतात्मक सोचलाई चित्रण गर्न खोजिएको निर्देशक कार्कीले बताइन् ।

अहिलेको विषयवस्तुमा महत्वपुर्ण संवाद नाटकमा हुनेछ । नाटक हेरिसकेपछि महिलाहरुले पनि आफुलाई भएको हिँस्साको बारेमा थाहा पाउनेछन् । ‘महिलामा लाज मानेर बस्नु हुदैन, बोल्नु पर्छ भन्ने आत्मबल बढ्छ’ उनले भनिन् ।

नाटक काठमाण्डौमा मञ्चन गरेपछिको सर्पोटले हौसिएर पोखरामा आएको उनले जनाइन् । १५ जनाको टिमलाई व्यव्सथापन गर्नुपर्दा सहज भने नभएको उनको भनाइ छ् । पोखरा पश्चात नेपालका अन्य मुख्य शहरमा समेत नाटक मञ्चन गर्ने तयारी गरेको कौशी थिएटरको सह–संस्थापक समेत रहेकी काकीले बताइन् ।

नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनय हेर्न पाइनेछ । नाटकको आलेख सौरभ कार्कीले तयार पार्दा सुरज सुबेदी, सुदाम सिकेले सौरभलाई सहयोग गरे । नाटकलाई आर्कषक बनाउन नाटक युनिटले निकै मेहनत गरेका छन् । नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ ।

दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दूई सो नाटक मञ्चन हुनेछ । नाटक हेर्न दर्शकले अग्रिम बुकिङ समेत गर्न सक्नेछन् । झण्डै १ घण्टा ३० मिनेटको अवधिको नाटकले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा आयोजकको छ । ‘प्राइभेट इज पोलिटिकल’ नाटक हेरेर प्रतिक्रिया दिन नाटक युनिटको सबैमा आग्रह छ ।

कमेन्टहरु
Loading...