पुलिस र प्यासले समाजका विकृती समेटेको छ – कृष्ण उदासी

पोखरामा वैशाख १७ र १८ गते प्रर्दशन हुने
पोखरेली रङ्गमञ्चको कुनै लिखित इतिहास नभएपनिसाठीको दशकभन्दा अगाडि पोखरेली रङ्गमञ्चका दर्जनौ संस्था रहेका थिए । दिनँहु नाटक मञ्चन पोखरामा हुन्थ्यो पनि । नाटक हेर्न दर्शकको ओईरो उस्तै । वि.स २०६२ भदौमा सिटि हल पोखरामा नाटककार कृष्ण उदासीको नाटक अश्रुज्वाला मञ्चन भयो ।

पुलिस र प्यासले समाजका विकृती समेटेको छ – कृष्ण उदासी
पुलिस र प्यासले समाजका विकृती समेटेको छ – कृष्ण उदासी

त्यसपछाडि पोखरेली रङ्गमञ्च सत्तरीको दशक सम्म शुन्य रह्यो । अहिले भने पुन एकचोटि पोखरेली रङ्गमञ्च जुर्मुराउन थालेको छ । यसै संदर्भमा पञ्चामृत नाट्य समूहले यहि बैशाख १७ र १८ गते नाटक पुलिस र प्यासको मञ्चन गर्दै छ । यसैक्रममा नाटक पुलिस र प्यासका लेखक तथा निर्देशक कृष्ण उदासीसँग पत्रकार राजाराम पौडेलले गरेको कुराकानीको अंश ः
तपाइको लेखन तथा निर्देशन रहेको पुलिस र प्यास कस्तो खालको नाटक हो ?
नाटकमा चोर, जड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्र मार्फत समाजमा भइरहेको विकृती र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको छ । यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ । विषयवस्तुका दृष्टिकोणले अन्य नाटकमा भन्दा फरकपन यसमा पाइन्छ । पञ्चामृत नाट्य समूहको प्रस्तुति रहेको यस नाटक यही बैशाख १७ र १८ गते अपरान्ह ४ बजे पोखरा उद्योग वाणिव्य संघको सभाहलमा मञ्चन हुँर्दै छ । आशा छ पोखरेली नाटक पारखीको अपार माया हामीलाई यो नाटकबाट मिल्नेछ ।

कृष्ण उदासी
कृष्ण उदासी

सबै नयाँ कलाकार यस नाटकमा छन् उनीहरुले तपाइको कथालाई कतिको न्याय गर्लान् ?
हो नाटकमा सबै रगंमञ्चका लागि नयाँ कलाकार छन् तर उनीहरुको अभिनय यति सम्म खारिएको छ कि नाटक हेर्दा दर्शकले उनीहरु नयाँ कलाकार हुन् भन्ने पत्ता लगाउने पाउने छैनन् । नाटकमा परिवर्तन इनिक्स्पेक्टर कालुरामको पात्रमा देखिने छन् भने हवल्दार फुलमतीको भुमिका मुना गुरुङ, आस्था नामको पागलको भुमिका सितला अधिकारी, दुक्किलाल जुवाडेको भुमिका दिलप्रसाद गुरुङले निभाउँदै छन् । यसैगरी अनुमती मैया यौन व्यवसायीको भुमिका सवु पाठक, नत्थुराम जड्याको भुमिकामा आशिष अधिकारी र टोलप्रसाद चोरको भुमिका विवश बाबु देखिने छन् । मनिषा गौतमले अभिनय सँगै सहनिर्देशन मलाई साथ दिएकि छन् । पञ्चामृत नाट्य समूहका कलाकारहरु तीव्र इच्छा शक्ति भएका युवाहरु हुन भन्ने लाग्यो मलाई । यिनीहरुको तीव्र इच्छा शक्ति र समर्पण भावलाई सलाम नटक्राइ रहन सक्दिन म । मलाई नयाँ कलाकारहरु संग काम गरेजस्तो कति पनि महशुस भएको छैन । सबै कलाकारहरु खुलेर चरित्रमा आएका छन् । अनुशासन र रङ्गमञ्चप्रतिका लगाव सबै कलकारहरुमा छ, जस्का कारणले छोटो समयमा नै नाटक तयार हुन पुगेको छ । परिवर्तनको संयोजन र व्यस्थापन रहेको यस नाटकमा सुत्राधार अश्रुलता बास्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस. के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगित संयोजन रविभूषण पराजुलीको रहेको छ ।

पोखरेली नाट्य क्षेत्रलाई निरन्तर क्रियासिल बनाउन तपाइका योजना के छन् ?
वर्कसफ चलाएर पोखरामा नाट्य क्षेत्रमा युवाहरुलाई आर्कषण गर्ने र नाटकको माहोल पोखरामा निरन्तर बनाइराख्ने योजना मेरो छ । विद्यालयले नाटकलाइ प्राथमिकता दिने हो भने नाट्य क्षेत्रको आर्कषण पोखरामा बढ्छ । पोखरामा नाटकको सम्भावना राम्रो भएकोले नाट्य क्षेत्रमा अगाडी बढ्ने उर्जा मलाई मिलेको हो । पोखरामा युवाहरुको आर्कषण नाटकमा छ, नाटक हेर्ने दर्शक पनि छन् सुस्ताएको पोखरेली नाट्य क्षेत्रलाई मेरो नाटक अन्तराष्ट्रिय रक्सि भट्टी मञ्चन प्रश्चात व्युताँइदिएको छ ।

यस्मा बाधा के के ले पु¥र्याएको छ ?
मुख्य बाधा त नाटकघरकै हो । पोखरामा नाटकघर हुने हो भने नाट्य क्षेत्रमा काम गर्न सहजता हुने थियो । नाट्य एकेडेमि भए रिर्यसल गर्न सहज मात्र होइन कलाकारलाई व्यवसायीक बनाउन सकिन्छ । पहिला निर्वाह गरियो यस्मा ध्यान दिइएन अहिले मुख्य आवश्यकता यहि बनेको छ ।

किन पोखरामा नाट्य प्रतिष्ठान स्थापना हुन सकेन ?
अग्रजहरुको इच्छाशक्ति नहुँदा संगीत नाट्य प्रतिष्ठान पोखरामा स्थापना हुन सकेन । हुनत पुर्वका कलाकारसित पश्चिमका कलाकारले लड्न सक्दैनन् यतिमात्र होइन नयाँ कलाकारको जन्मले आफु पछाडि पर्ने डर स्थापित नाट्यकर्मीमा छ । विगतमा डाँफे कला मन्दिर, पोखरा उद्योग वाणीज्य संघको सभाहल, पोखरा सभागृहमा नाटक देखाउने गर्दा छुट्टै नाटकघर बनाउन तर्फ पुहँच भएका नाट्यकर्मीको ध्यान समेत पुग्न सकेन ।

नाट्य क्षेत्रमा तपाइको आगमन कसरी भयो नी ?
बाल्यकालमा पढाइमा मात्र होइन नाटकमा रुचि समेत उतिकै राख्थे । त्यतिबेला रामलिला, कृष्णलिलामा अभिनय गरे । कक्षा आठमा पढ्दाबाट कविता लेख्न शुरु गरेको थिए त्यो पनि छन्दमा । शिक्षकले गौतमबुद्धको पाठलाई कवितामा ढालेर ल्याउनु भनेर गृहकार्य दिएपछि कविता लेख्न थालेस्कुलमा कवितामा अन्ताक्षरी खेल्न गरेको थिए । पछि कक्षा ९ मा हास्यनाटक ‘मसिनेको शंका’ पढेपछि नाटक तर्फरुचि बढ्यो । वि.स.२०४० सालमा ‘बसन्तविन्दु’ नाटक लेखे । यो नै मैले लेखेको पहिलो नाटक हो ।

तपाईका प्रत्येक नाटकले नया र मौलिक खालका संदेश बोकेका हुन्छन, पुलिस र प्यासमा त्यस्तो नयाँपन के छ ?
म खोज र अनुसन्धानलाई आधार मानेर नाटक लेख्छु । खोज र अध्यायनबाट तथ्यहरु संकलन गरेर विषयवस्तु, पात्र र परिवेशको निमार्ण गर्छु । समकालिन समाज र जीवनका भोगाइहरुको चित्रण गर्ने प्रयत्न गर्दा मेरा नाटकहरु मैलिक हुन्छन र सामाजिक संदेश दिन्छन् । पुलिस र प्यास नविन विषय वस्तु, शिल्प शैलीको प्रयोग गरी रचना गरिएको सामाजिक समस्यामा आधारित नाटक हो । यस्को महत्वपूर्ण मौलिक पक्ष भनेको समस्या र समाधान दुवैको खोजि हो । आजसम्म सामाजिक समस्यामा आधारित नाटकहरु समस्यामा मात्रै केन्द्रिय रहे भने यसले समस्या निराकणका लागि समाधानका विकल्पहरु पनि दिएको छ । यसले समाजवादी चिन्तन बोकेको छ । देश समाजवाद उन्मुख भैरहेको बेला यो नाटक समाजवादी साहित्य र कलाको कोशेढुङ्गा हुनेछ भन्ने मलाई विश्वास छ ।

पछिल्लो समय नेपाली रङ्गमञ्चले निकै फट्को मारेको छ, व्यावसायिकता पनि हासिले गरेको छ, यो देखेर पोखरेली युवाहरु पनि रङ्गमञ्चमा आकर्षित भएका हुन ?
यो हुन सक्छ, प्रत्येक मान्छेका लागि उत्प्रेरणा चाहिन्छ । काठ्माण्डौले पोखरालाई उत्प्रेरणा दिएको मान्न सकिन्छ । केन्द्रको प्रभाव मोफसलमा पर्नु स्वभानिक हो र पनि पोखरेली युवाहरुमा छुट्टै खालको मौलिक प्रयोगधर्मी चेतना विकसित हुन खोजेजस्तो मलाई लागेको छ । युवाहरुको यो रङ्ग चेतनालाई पुजीकृत गर्न सकियो भने पोखरेली रङ्गमञ्च छिट्टै व्यावसायिक हुने संभावना छ ।

र अन्त्यमा पुलिस र प्यास नाटक हेर्न चाहने दर्शकलाई के भन्नु हुन्छ ?
बैशाख १७ र १८ गते दिउसौ ४ बजे आउनुस नाटक हेर्नुस्, सुझाव दिनुस, नयाँ युवाहरुको रङ्गकर्मप्रतिको लगावलाई साथ दिनुस । पोखरेली रङ्गमञ्च पुनर्जागरणको कालमा छ । हामी तपाईहरुको साथ र सल्लाहलाई आत्म साथ गरी पोखरेली रङ्गमञ्चलाई व्यावसायिक र निरन्तरता दिन चाहन्छौ ।

कमेन्टहरु
Loading...