नाटक ‘जिउँदो आकाश’ मञ्चनको तयारी तिव्र

पोखरा, २८ चैत्र/बैशाख १ गतेबाट पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक जिउँदो आकाश मञ्चनको तयारी तिव्रता दिइएको छ । डाँफे थिएटरको प्रस्तुतीको यस नाटकलाई पोखरा थिएटरको सहकार्यमा पोखरामा मञ्चन गर्न लागिएको यो नाटक मञ्चनलाई व्यापक बनाउन थिएटर टिम लागि परेको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए ।

नाटकका कलाकारको टिम बिहिबार पोखरा आउने उनले जनाए । बैशाख १ गतेदेखि १५ गतेसम्म हुने पन्ध्र दिने नाटक मञ्चनलाई व्यवस्थित बनाउदै नाट्यप्रेमीलाई नाटक हेर्न नाटकघरसम्म पु¥याउने उद्धेश्यले तयारीमा तिव्रता दिइएको कार्कीले बताए । आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् ।

नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गर्नेछन् । एकल अभिनयमा दर्शकलाई आर्कषित गर्न उनले गरेको मेहनत नाटकमा हेर्न पाइनेछ । तेस्रोलिंगीको विषय समेटिएको यस नाटक हेरेर पोखरेली दर्शकले नाटकको नयाँ स्वाद चाख्न पाउनेछन् । झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको अभिनय मार्फत चित्रण गर्नेछन् ।

हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ । निरन्तर नाटक मञ्चन पोखरामा गर्ने योजनाका साथ यतिबेला पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक बितेका कुराको लागि रिर्हसल समेत सुरु गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए ।

पोखरा थिएटर सञ्चालनमा आएपछि पोखराको रंगमञ्च पुनः सक्रिय बनेकोले नाटकप्रतिको दर्शकको मोहलाई जोगाइराख्न थिएटर निरन्तर लागिरहने सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङले बताए । बैशाख १ गते दिउँसो १ बजे पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीतामा प्रिमियर सो गर्ने तयारी थिएटरले गरेको छ ।

कमेन्टहरु
Loading...