प्रेम दिवसमा लभ डायरीज

पोखरा, २९ माघ/ फेब्रुअरी १४ प्रेम दिवसको अवसरमा नेपाली चलचित्र लभ डायरीज प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मलेनमा नायक सुशिल श्रेष्ठ र रुबीना थापाले चलचित्र माया प्रेममा नै आधारीत रहेको बताए ।

फागुन २ बाट नेपाल भर चलचित्र प्रर्दशन हुन लागेको छ । नायक सुशिल श्रेष्ठले ‘लभ डायरीज’ युवायुवतीको प्रेम सम्बन्ध, रोमान्स र विछोडको कथामा आधारित रहेको बताए ।

होस्टेल रिर्टन्स चलचित्रबाट डेब्यु गरेका श्रेष्ठले सायद २, कारखाना, बादशाह जुट लगायतका चलचित्रमा अभिनय गरेका छन् । ‘प्रेम एकअर्कालाई हौसला प्रदान गर्ने माध्यम हो’, उनले भने, ‘आशा छ हामीलाई दर्शकको माया मिल्ने छ ।’ चलचित्रमा उनी एक प्रेमीको भूमिकामा छन् ।

चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका रुबिना थापाले लभ डायरीजबाट आफुले दर्शकको माया पाउनेमा विश्वस्त व्यक्त गरिन् । प्रेम दिवसको अवसरमा चलचित्र प्रदर्शन हुने भएकाले प्रेमजोडीलाई चलचित्र हेर्न उनको आग्रह थियो । चलचित्रमा अश्लिल विषय केही नरहेको र परिवारसहित हेर्न जान सकिने उनले जानकारी गराइन् ।

दुई वर्ष अघि छाँयाकन गरिएको चलचित्र लभ डायरीज प्रदर्शनका लागि तयार भएको हो । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । विनोद साप्कोटाको लगानी रहेको चलचित्रमा सुशिल श्रेष्ठ, रुवीना थापा सहित विश्वजित रिमाल लगायतका कलाकारको अभिनय छ । अर्जुन पोखरेलको संगीतमा चलचित्रका गीतमा गायकगायिका सुगम पोखरेल र स्वेच्छा ठकुरीले आवाज दिएका छन् । चलचित्रको गीत र ट्रेलर यसअघिनै रिलिज गरिएको छ ।

कमेन्टहरु
Loading...